प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

images
  • 48
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल
    images

    काठमाडौँ 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    76tyrfd.jpg

     

    उनीहरूबीच बिहीबार बिहान हात्तीवनमा भेट भएको प्रचण्डको सचिवालयले जनाएको छ। सत्ता गठबन्धनबीच मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्ने सहमति भएको भोलिपल्ट सत्ता गठबन्धनमा आवद्ध दुई दलका अध्यक्षबीच छलफल हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

     

    भेटवार्ताको सबै विवरण सार्वजनिक नभए पनि उनीहरूबीच समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend