पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै प्रदर्शन

images
  • 48
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै प्रदर्शन
    images

    काठमाडाैँ 

    इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले बक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने जनाए पछि त्यसको विरोध हुन थालेको छ । बिहीबार अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले विरोध प्रदर्शन गरेको हो ।

    rt5677789.jpg

     

    पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घट्दा पनि नेपाल आयल निगमले यथावत् राखेको भन्दै  तत्काल मूल्य समायोजन गर्न अनेरास्ववियु (क्रान्तिकारी)ले माग गरेको हो । निगमले भने बुधबार नै एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले  तत्काल मूल्य नघट्ने स्पष्ट पारिसकेको छ ।

     

    भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो । दुई हप्ता अघि पनि भारतबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो।  भारतबाट मूल्य घटेर आए पनि त्यो बेलासमेत आयल निगमले मूल्य घटाएको थिएन। हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend