सुन, अमेरिकी डलर र पेस्ताेलसहित दुई जना पक्राउ

images
  • 51
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    सुन, अमेरिकी डलर र पेस्ताेलसहित दुई जना पक्राउ
    images

    काठमाडाैँ 

    नीलकण्ठ नगरपालिका–३ धादिङबेसी थोपल खोलास्थित सडकबाट सुन, अमेरिकी डलर र ‘सेमी अटोमेटिक’ पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु १ थान र अमेरिकी डलर ५० दरको नोट ९७ थान र १०० दरको नोट १ सय ६३ थान भेटिएपछि प्रहरले खनियाँबास गाउँपालिका–४ बस्ने बेगबहादुर तामाङ र शोभा तामाङलाई नियन्त्रणमा लिएको हो । 

    iiou23.jpg

     

    लपाङफेदीबाट धादिङबेसीतर्फ आउँदै गरेको ग.१ ज ६७५३ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन र डलर फेला परेको थियो । त्यसपछि गाडीमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

     

    थप अनुसन्धानको क्रममा प्रहरीले बेगबहादुर तामाङको घर तलासी गर्दा २ थान ‘सेमी अटोमेटिक’ पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २० राउण्ड‚ १ थान कटुवा पेस्तोल र बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु ५ थान फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend