आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने

images
  • 72
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    आइतबारदेखि नै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने
    images

    काठमाडौं

    निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आइतबारदेखि दल दर्ता गर्ने भएको छ । बिहिबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यसबारे जानकारी दिएका हुन् । यस्तै आउँदो हप्तादेखिनै समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम अघि बढाउने बताए ।

    yhujkl.jpg

     

    उनले भने–‘उम्मेदवारको बन्द सूचीको प्रक्रिया अघि नबढाई प्रत्यक्ष उम्मेदारीको काम नबढ्ने भएकोले त्यसलाई हामीले छिट्टै सक्नुपर्ने हुन्छ । निर्वाचन कार्यबिधी, आचार संहिताका विषयहरु छन् तिनको परिमार्जन, संसोधन अझै व्यवहारिक बनाएर कार्यान्वयन गर्छौँ ।’

     

    उनले मिडियालाई आयोगको तर्फबाट सूचना प्राप्तिका लागि सहयोग गर्ने उल्लेख गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend