तीन दिनपछि खुल्यो बेनी-जोमसोम सडक

images
  • 37
    SHARES
  • श्रावण २०, २०७९ शुक्रबार
    तीन दिनपछि खुल्यो बेनी-जोमसोम सडक
    images

    गलेश्वर ।

    कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिरोका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो।

    beni-jomsom-.jpg

     

    अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी(जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। बीच बाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

    पहिराले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो। मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ । सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी-जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताए।

    काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए। वर्षाका कारण खोलामा आएको बाढीले म्याग्दीको बेगखोलामा समेत अवरुद्ध भएको सडकलाई खुलाइएको छ।

    वर्षात्को समयमा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी(जोमसोम(कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुने गरेको छ। बेनी-जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम छ। म्याग्दी(काभेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रुले जोखिममा पर्ने गरेका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend