चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

images
  • 52
    SHARES
  • श्रावण २०, २०७९ शुक्रबार
    चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
    images

    काठमाडौं 

    पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया बिक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    ght3.jpg

     

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी बिकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उनको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्ज र प्रहरीको टोली खटिएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend