देवघाट ५ नम्बर वडामा जग्गा नापजाँच निरन्तरता दिदै

images
  • 604
    SHARES
  • श्रावण २०, २०७९ शुक्रबार
    देवघाट ५ नम्बर वडामा जग्गा नापजाँच निरन्तरता दिदै
    images

    देवघाट तनहुँ:२० साउन

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा सुकुम्बासी जग्गाको तथ्यांक सङ्गलन काम निरन्तरता भएको छ।

    hbgt567.jpg

    राष्ट्रिय भुमि आयोग तनहुँको समन्वयमा देवघाट ५ नम्बर वडा बाट आज शुक्रबार देखी जग्गा नापजाँच सुरु गरिएको हो। देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले जग्गा नापजाँचको काम वडा नम्बर ५ देवपुर टोल बिकास संस्थाबाट सुरु भएको बताउदै क्रमिक रूपमा देवघाट गाउँपालिकाको सवै वडाहरुमा नापजाँच हुने बताउनुभयो।

    aaaaaaaaaaaaaa.jpg

    साथै अध्यक्ष थापाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जतिसक्दो छिटो प्रक्रिया मिलाई लालपुर्जा दिने बताउनुभयो। देवघाट गाउँपालिका उपाध्यक्ष भुवान सिं गुरुङले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको काम निरन्तर अगाडी बढेको बताउदै सवै वडा बासीहरुलाई आ-आफ्नो जग्गाधनी निस्सा पत्रकाे प्रतिलिपी १ सहित श्रीमान श्रीमतिको नागरिकताकाे प्रतिलिपि १/१ र समवन्धित जग्गाधनि बिवादरहित उपस्थित हुन अनुराेध गर्दै आफ्नो समुदायमा सुचना प्रभाव गरी सहयोग गर्न आग्रह समेत गर्नुभयो।

    yyyyyyyyyyyyyy.jpg

    गाउँपालिका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले देवपुर टोल बिकासमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब ३ सय ५५ लाई निवेदन दर्ताको निस्सा वितरण गरिएको बताउनुभयो। ५ नम्बर वडा भूमिहीन दलित १९ भूमिहीन सुकुम्बासी ६२ र अव्यवस्थित बसोबासी १ हजार ४ सय ५५ जना छन्। एक महिना भित्रमा वडा भित्रको जग्गा नापजाँच गर्ने लक्ष्य सहित काम सुरु भएको छ: कुँवरले भन्नुभयो। जग्गा नापजाँचका लागी टोलि प्रमुखको रुपमा नापी कार्यालय तनहुँका राजिव श्रेष्ठ खटिएका छन।

    lllllllllllllll.jpg

    जिल्लाको शुक्लागण्डकी नगरपालिका ७ मा पनि यस अघि जग्गा नापजाँच प्रक्रिया सुरु भएको छ। राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले हालसम्म शुक्लागण्डकी नगरपालिका-७,बन्दिपुर गाउँपालिका,आँबुखैरेनी गाउँपालिका-१ र २, देवघाट गाउँपालिका-५ र व्यास नगरपालिका-१ र २ मा भूमिहिन सुकुम्बासी,भूमिहीन दलित र अव्यवस्थित बसोबासीको निवेदनको निस्सा वितरण गरिएको जानकारी दिनुभयो। जिल्लाका १० पालिका भूमिहीन दलित एक हजार एक सय आठ,भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार १ सय ३७ गरी २६ हजार १ सय १७ जनाको निवेदन दर्ता भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend