समाज परिवर्तन गर्न सक्ने चलचित्र निर्माण गर्न जरुरी छ : मन्त्री श्रेष्ठ

images
  • 50
    SHARES
  • श्रावण २०, २०७९ शुक्रबार
    समाज परिवर्तन गर्न सक्ने चलचित्र निर्माण गर्न जरुरी छ : मन्त्री श्रेष्ठ
    images

    काठमाडौं 

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएका छन । शुक्रबार २२ औं विश्व आदीवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदीवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

    ssswer345.jpg

     

    मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताए । उनले विज्ञान प्रविधिको भरपुर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए ।

     

    उनले समाजमा भइरहेका घटनाहरुलाई समेटेर समाजक परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताए । उनले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताए ।

     

    मन्त्री श्रेष्ठले माईतीघर भन्ने स्थानमा नेपाली चलचित्र माईतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरुले माईतीघर बोलाउन थालेसँगै पछि माईतीघर नै नामाकरण भएको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend