तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ कालिकाटार निवासी धन बहादुर गुरुङ यति बेला पिडामा छन्।
यहीँ मिति २०७९साल साउन १७ गते आएको अविरल वर्षाले वडा नम्बर १ कालिटार पाखाटाेलमा धन बहादुर गुरुङकाे घर नजिकै रहेकाे आफ्नो २० मुरि धान फल्ने खेत पहिराे गइ क्षती पुर्याएको छ।खेतमा लगाई राखेकाे धान / बालि पहिराेमा परी पुर्ण क्षती भएको छ । गाउँमा सामान्य खेति किसानी गर्दै आफ्नो दैनिकी गुजारा गर्ने धन बहादुर गुरुङकाे १ मात्र खेत पहिराले लगेपछि उनकाे ५ जनाकाे परिवार पनि चिन्तीत रहेकाे छ । सम्बन्धित निकाय,संघ,संस्था बाट राहत पाईन्छ कि भन्ने आसमा बसिरहेकाे छ:गुरुङ