नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

images
  • 39
    SHARES
  • श्रावण २१, २०७९ शनिबार
    नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
    images

    काठमाडौं ।

    नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बेलकोटगढी केन्द्रबिन्दु भएर शनिबार बिहान ५ बजेर २६ मिनेटमा सो भूकम्प गएको जानकारी दिए । 

    earthquake.jpg

    भूकम्पको उपत्यकासहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा भूकम्पको महसुश भएको बताइएको छ ।  गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ सालको भूकम्पपछि कैयनपटक भूकम्प गइसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend