चोरिएको साढे १० लाख बराबरको सुनचाँदीको गहना बरामद, एक युवा पक्राउ

images
  • 34
    SHARES
  • श्रावण २१, २०७९ शनिबार
    चोरिएको साढे १० लाख बराबरको सुनचाँदीको गहना बरामद, एक युवा पक्राउ
    images

    काठमाडौं ।

    बराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलर्सबाट चोरिएका  झन्डै साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

    1578738683_gold_FVeBUUMXCv_20210127171736.jpg

     

    स्थानीय लक्ष्मण विकको पसलबाट चोरिएका सुनचाँदीका गहनासहित प्रहरीले चतराकै २६ वर्षीय अनिल बराइलीलाई पक्राउ गरेका हो । शुक्रबार राति १ तलाको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय ९चतरा० र इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) बाट प्रहरी टोली खटिएको थियो। 

     

    घटना अनुसन्धानका क्रममा शुक्रबार राति साढे २ बजे शंका लागेर स्थानीय अनिल बराइलीको घरभित्र खानतलासी गर्दा प्रहरीले चोरिएका सुनचाँदीका गहना बरामद गरेको हो। 

     

    बराइलीले दराजपछाडि कालो झोलामा लुकाएर राखेको अवस्थामा चोरीका सुनका गहना ६ तोला ८३ लाल र चाँदीको गरगहना २९७ तोला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गहनाको मूल्य १० लाख ४० हजार ५९० रुपैयाँ अनुमान गरिएको प्रहरीले जनाएको छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend