बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते

images
  • 118
    SHARES
  • श्रावण २२, २०७९ आइतबार
    बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते
    images

    सोफिया 

    बुल्गेरियामा शनिबार भएको बस दुर्घटनामा चार जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् । उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान करिब २ बजे राजधानी सोफियाबाट २५० किलोमिटर उत्तरपूर्वमा रहेको क्रुशेटो गाउँ नजिकै भएको थियो ।

    accident_20210214155920.png

     

    रोमानियामा दर्ता भएको बसले सडकको छेउमा रोकिएको कारलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । बसमा सवार तीन यात्रुको घटनास्थलमै र चौथोको अस्पतालमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

    मृतक चार जनामध्ये तीन जना रोमानियाली र एक जना टर्कीका नागरिक थिए । उक्त दुर्घटना हुदा कारमा कोही पनि सवार थिएनन् भने बसमा २४ यात्रु र दुई चालक थिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend