काबुलको व्यस्त बजारमा बम विष्फोट, ८ जनाको मृत्यु, २२ घाईते

images
  • 121
    SHARES
  • श्रावण २२, २०७९ आइतबार
    काबुलको व्यस्त बजारमा बम विष्फोट, ८ जनाको मृत्यु, २२ घाईते
    images

    एजेन्सी 

    अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् ।

    boom-bispot_20220422113814.jpg

     

    अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । 

    विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् । अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ ।

    गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विष्फोटमा कम्तीमा  ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend