देवघाट तनहुँ : साउन २२ गते करिस्मा गुरुङ
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय देवघाट तनहुँले देवघाट गाउँपालिका वडा नम्बर ४ सिंच्याङमा आफै उम्रिएकका करिब १ सय ५० गाँजाका बोट नष्ट गरिएको छ।

इलाका प्रहरी कार्यलय देवघाटका प्र.स.नि. मधुसुधन राइभाटको कमाण्डमा देवघाट वडा नम्बर ४ सिंच्याङ क्षेत्रको गस्ति निस्कने क्रममा गाँजा बोटहरु धेरै उम्रिएकको देखिए पछि सिँच्याङ सालघारी सालडाँडा टोल विकास सँस्थाका अध्यक्ष भिम बहादुर थापा मगर र स्थानियको सँयुक्त उपस्थितिमा लागुऔंषध गाँजाको बोट फाँडी नष्ट गरीएको देवघाट इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी बरिस्ठ नायव निरीक्षक हरिनारायण श्रेष्ठले बिहानी मिडियालाई जानकारी दिनुभयो।





