सडकमा हिँडिरहेकी महिलामाथी लुटपाट, दुई जना पक्राउ

images
  • 47
    SHARES
  • श्रावण २२, २०७९ आइतबार
    सडकमा हिँडिरहेकी महिलामाथी लुटपाट, दुई जना पक्राउ
    images

    काठमाडौं

    राजधानीको बालाजुमा बाटो हिँडिरहेकी एक महिलाको झोला लुटपाटको आरोपमा दुई जना पक्राउ परेका छन् । बालाजुस्थित कुमारीस्थान सडकमा पैदल हिँडिरहेकी गायत्री ढकाललाई मोटरसाइकलमा सवार व्यक्तिले धक्का दिइ उनले बोकेको झोला लुटेर फरार भएका थिए । 

     

    fghhk.jpg

    उनको झोलामा रहेको नगद, मोबाइल तथा महत्वपूर्ण कागजात लुटिएको घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको हो ।

     

    घटनामा संलग्न रहेको आरोपमा राजधानीको मनमैजु र बानियाटारबाट रामेछाप घर भई टोखा बस्ने सागर दर्जी र तारकेश्वर नगरपालिकाका अमिर महर्जनलाई पक्राउ गरेको कार्यालयले आइतबार जनकारी दिएको छ । उनीहरुको साथबाट खुकुरी र लागऔषध समेत फेला परेको छ । प्रहरीले उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend