२४ घण्टामा थप दश हजारले बुस्टर डोज लगाए

images
  • 54
    SHARES
  • श्रावण २२, २०७९ आइतबार
    २४ घण्टामा थप दश हजारले बुस्टर डोज लगाए
    images

    काठमाडौं 

    बितेको २४ घण्टामा दश हजार ५३ जनाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप लगाएको छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, हालसम्म लक्षित जनसङ्ख्या ३१.५ प्रतिशतले बुस्टर डोज लगाएका छन् । लक्षित जनसङ्ख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१ जना रहेका छन् ।

    cvfgrt.jpg

     

    जसमध्ये ७३ लाख ५१ हजार ६९६ जनाले बुस्टर डोज लगाएको मन्त्रालयले जनाएको छ । लक्षित जनसङ्ख्या मध्ये ९२.६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ८८.४ प्रतिशतले पूर्णमात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

     

     यद्यपि कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा ७०।७ प्रतिशतले मात्रै पूर्णमात्रा खोप लगाएका छन् । ७४.० प्रतिशतले एक मात्रा खोप लगाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend