भारतीय फुटबल एकेडेमीको प्रशिक्षक बने नेपालका समीर विष्ट

images
  • 41
    SHARES
  • श्रावण २२, २०७९ आइतबार
    भारतीय फुटबल एकेडेमीको प्रशिक्षक बने नेपालका समीर विष्ट
    images

    काठमाडौं 

    एएफसी ‘सी’ लाइसेन्स प्राप्त नेपाली प्रशिक्षक समीर विष्ट भारतको केरलास्थित एल्टिएस इन्टरनेसनल फुटबल एकेडेमी (आइफा) मा अनुबन्ध भएका छन् । आइफाले विष्टसँग १ वर्षका लागि सम्झौता गरेको हो । 

    tyuio.jpg

    आपसी समझदारीमा सम्झौता लम्ब्याउन सकिने सम्झौतामा उल्लेख छ । उनी एकेडेमीको युवा टोलीको प्रमुख प्रशिक्षक रहने छन् । विष्टले एएफसी ‘बी’ लाइसेन्स कोर्ष पनि पूरा गरिसकेका छन् । उनले छिट्टै प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

     

    लेफ्ट विंग र फुल ब्याकमा खेल्न सक्ने विष्टले नेपालको शीर्ष क्लब थ्री स्टार, फ्रेन्ड्स र जावलाखेल युथ क्लबबाट खेलिसकेका छन् । उनी चोटकै कारण खेल जीवनबाट टाढिँदै प्रशिक्षण करिअरमा लागेका थिए । सन् २०१७ मा फ्रेन्ड्स क्लबको खेलाडी रहँदा नै उनले एएफसी ‘सी’ लाइसेन्स प्राप्त गरेका थिए । त्यसपछि जावलाखेल युथ क्लबबाट पोखरामा प्रतियोगिता खेल्दा चोट लागेपछि उनी प्रशिक्षणमा लागेका हुन् ।
     
    सानेपा क्लबबाट प्रशिक्षण करिअर सुरुवात गरेका विष्टले गत वर्ष सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजको सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङलाई भारतका फुटबल अफिसियल सौरभ चाम्लिङ राईमार्फत प्रस्ताव आएपछि अनिलले विष्टको नाम सिफारिस गरेका थिए । त्यसपछि क्लबसँगको छलफलपछि सम्झौता सम्पन्न भएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend