पहिरोले १८ घर जोखिममा

images
  • 48
    SHARES
  • श्रावण २२, २०७९ आइतबार
    पहिरोले १८ घर जोखिममा
    images

    खोटाङ 

    पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ ।

    dfrtg.jpg

    शनिवार राति ठूलो पाखा पहिरोको रूपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर जोखिममा परेको हो । चार चार सय मिटर फैलिएको पहिरो झन्डै सात सय मिटर तल मेकु खोलामा थुप्रिएको छ । पहिरोका कारण बस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले बताउनुभयो । 

     

    पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरूको घरबाट झन्डै ५०/६० मिटरको दुरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा बार लगाइएकाे छ । पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको झन्डै दुई सय मिटर भाग बगाएको छ । 

    दुई/तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकै बीच पहिरो गएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend