नोबेलमा मनाइयो स्तनपान सप्ताह

images
  • 50
    SHARES
  • श्रावण २२, २०७९ आइतबार
    नोबेलमा मनाइयो स्तनपान सप्ताह
    images

    विराटनगर 

    विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् ।

    rty5678-.jpg

     

    नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको महत्व, स्तनपान गराउँने उपयुक्त तरिका लगायतका बिषयमा सुत्केरी महिलाहरुलाई जानकारी गराएका छन् ।

     

    आमाको  दुधमा बालबालिकाहरुका लागि ६ महिनासम्म आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तथा रोग प्रतिरोधात्मक तत्वहरु हुन्छ । यसले बालबालिकाहरुको उपयुक्त बृद्धि विकास हुन र संक्रमणवाट बचाउन मद्दत गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend