सेयर बजार परिसूचक नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा

images
  • 51
    SHARES
  • श्रावण २३, २०७९ सोमबार
    सेयर बजार परिसूचक नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा
    images

    काठमाडौं 

    साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) सेयर बजार परिसूचक नेप्से १७.६८ अंकले घटेर २१०६.१५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ न्डेक्स ३.४४ अंकले घटेर ४०६.११ विन्दुमा पुगेको छ। 

    ghtyuio.jpgghtyuio.jpg

     

    सोमबार उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक ओरालो लाग्यो। सबैभन्दा बढी अन्य समूहको उपसूचक २.४२ प्रतिशतले घट्यो। बजार घटेपनि सोमबार कारोबार रकम भने घटेको छ।  सोमबार ६५ लाख २७ हजा ४१४ कित्ता सेयर २ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भयो। आइतबार भने २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको थियो। 

     

    सोमबार ५० कम्पनीको सेयरमूल्य बढ्दा १२३ कम्पनीको सेयरमूल्य घट्यो भने ८ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। दुई कम्पनीहरु गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढ्यो। जानकी फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ४.३ प्रतिशत घट्यो। 

     

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend