नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो

images
  • 184
    SHARES
  • श्रावण २४, २०७९ मंगलबार
    नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढ्यो
    images

    काठमाडौं

    नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

    gold-silver_20211209111125.jpg

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य बढेको हो । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेको जनाएको छ ।

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ तोकिएको छ ।  सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।

    आज एकै दिन चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो । यससँगै, आज चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ । हिजो सोमबार यसको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend