ट्रम्पको घरमा एफबीआइको छापा

images
  • 114
    SHARES
  • श्रावण २४, २०७९ मंगलबार
    ट्रम्पको घरमा एफबीआइको छापा
    images

    काठमाडौं 

     अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआइले छापा मारेको छ । एफबीआइले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् । पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआइ एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    trump-lost-business.jpg

    एफबीआइको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको बताइएको छ । आगामी सन् २०२४ मा राष्ट्रपतिका लागि उम्मेदवार दिने बताइरहेका बेला ट्रम्पमाथिको छानबिन पक्रिया बढेको छ । 

    आधिकारिक कागजातको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको सीबीएस न्युजलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाबारे पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend