काठमाडौँ
गठनबन्धनको विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भट्टराई र यादवसँग प्रधानमन्त्री देउवाले गठबन्धन र चुनावी तालमेलको विषयसहितमा छलफल गरिररहेका छन् ।
सत्तारुढ गठबन्धन भने विस्तार गरेर ८ दल पुर्याउने विषयमा छलफल जारी रहेको छ । यसअघि महन्थ ठाकुरसहितका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले प्रधानमन्त्री देउवासँग चुनावी गठबन्धनको विषयमा बालुवाटारमा छलफल गरेका थिए ।



