बिजुलीकाे काम पूरा नहुँदा पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित

images
  • 91
    SHARES
  • श्रावण २४, २०७९ मंगलबार
    बिजुलीकाे काम पूरा नहुँदा पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित
    images

    ताप्लेजुङ 

    बिजुलीको काम पूरा नहुँदा ताप्लेजुङको पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित भएको छ । पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा बिजुली भएको भए एक महिना अगाडि नै पानी पुग्ने थियो । 

    vbfgh.jpg

    पाथीभरा मन्दिरमा 'लिफ्टिङ' प्रविधिबाट पानी पुर्‍याउन सबै काम सकिएको छ । पानीको मुहानमा पम्प जडान भएको छ भने बलुडाँडामा पनि काम सकिएको छ । तर केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम भइरहेकोले पानी पुर्‍याउन नसकिएको ठेकेदार कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताउनुभयो । थापाले लिफ्टिङ प्रविधिले प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने अनुमान गरेको बताउनुभयो ।  

     

    आठ करोड २२ लाख रुपैयाँ लागतमा आयोजना सम्पन्न भएको हो । यसमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत र पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारी भएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend