चितवनको राप्तीमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन !

images
  • 114
    SHARES
  • श्रावण २४, २०७९ मंगलबार
    चितवनको राप्तीमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न दिइएन !
    images

    चितवन 

    चितवनको राप्ती नगरपालिकामा सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा हाजिर गर्न पाएका छैनन् । गएकाे साउन ११ गते राप्तीका लागि सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले आजसम्म पनि नगरपालिकामा हाजिर गर्न पाउनुभएकाे छैन ।

    rapti.jpg

    चितवनकै भरतपुर महानगरपालिकामा काम गरिरहनुभएका लम्साल सरुवा भएपछि गएकाे साउन १७ गते राप्ती नगरपालिका जानुभएको थियो । तीन पटकसम्म हाजिरीका लागि नगरपालिका पुगेको बताउँदै लम्सालले त्यहाँ आफूलाई सहजै हाजिर गर्ने वातावरण नभएको बताउनुभएको छ । राप्ती नगरपालिका मेयर शम्सेर लामाले भने आफूले हाजिर गर्न नरोकेको बताउँदै आउनुभएको छ । 

    राप्ती नगरपालिकाका कार्यरत कार्यकारी गंगाबहादुर भुजेलको सरुवा भइसकेको भए पनि अहिले उहाँले नै हाजिर गरिरहनुभएको छ । दुई वर्षभन्दा लामो समय राप्तीको प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुभएका भुजेल बाग्लुङकाे गलकोट नगरपालिका सरुवा भइसक्नुभएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend