चीनमा देखियो नयाँ भाइरस, जनावरबाट मानिसमा सर्ने

images
  • 131
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    चीनमा देखियो नयाँ भाइरस, जनावरबाट मानिसमा सर्ने
    images

    एजेन्सी ।

    चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ ।

    _117881740_coronavirus_mutation_spl_20210425135014.jpg

     

    भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ ।

     

    यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ । 

     

    संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो संक्रमणबाट अहिलेसम्म चीनमा ३५ जना संक्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरुप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पति भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend