सुनको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

images
  • 39
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    सुनको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ
    images

    काठमाडौं 

    नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

    sun.jpg

     

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९७ हजार १ सय रुपैयाँ कायम भएको छ । 

     

    तेजाबी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend