२६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन अलमुताइरीको आग्रह

images
  • 43
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन अलमुताइरीको आग्रह
    images

    काठमाडौं

    राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेका छन् ।

    hhggtr57.jpg

     

    अलमुताइरीले आगामी भदौ २५ गतेबाट प्रशिक्षण सुरु गर्ने र त्यसका लागि आवश्यक प्रबन्ध मिलाइदिन महासचिव किरण राईमार्फत एन्फासँग आग्रह गरेको बुझिएको छ ।

     

    अलमुताइरीले जेठमा कुवेतमा एसियन कप छनोट खेल्दाका २० खेलाडी र थप ६ जना गरि २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन चाहेका छन् ।अलमुताइरीले अष्ट्रेलियामै रहेका जगजित श्रेष्ठ, आफैंले वैशाखमा क्याम्पबाट निकालेका अन्जन विष्ट र तेज तामाङसहित दिनेश हेम्जन र मनिष मगरलाई प्रशिक्षणमा बोलाउन आग्रह गरेका छन् ।

     

    कुवेतमा एसियन कप छनोट खेलेपछि बिदा लिएका अलमुताइरी विगत ३ महिनादेखि उतै बस्दै आएका छन् । यसबीचमा एन्फामा नयाँ कार्यसमिति आएको छ । वर्तमान कार्यसमितिले अलमुताइरीलाई प्रशिक्षकमा निरन्तरता दिने वा नदिने विषयमा केही निर्णय गर्न सकेको छैन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend