नियन्त्रणमा आउन सकेन जुत्ता कारखानामा लागेको आगो

images
  • 63
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    नियन्त्रणमा आउन सकेन जुत्ता कारखानामा लागेको आगो
    images

    काठमाडाैं  ।

    काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । 

    Balaju_aago_nmCnQG3YHv_20220810132159.jpg

     

    जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन् ।

     

    आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend