सशस्त्र प्रहरीले गर्‍यो करीब १४४ किलोग्राम गाँजा बरामद

images
  • 53
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    सशस्त्र प्रहरीले गर्‍यो करीब १४४ किलोग्राम गाँजा बरामद
    images

    काठमाडाैं  ।

    पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट मंगलवार राति सशस्त्र प्रहरीले करीब १४४ किलोग्राम गाँजा बरामद गरेको छ ।रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो ।

    297429206_1057807398213585_3901028600691088075_n_pLNRf6rCDZ_20220810141836.jpg

    सशस्त्र प्रहरीले गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाइछिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ ।बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend