‘म्यूजिक नेपाल’ले आईपीओ निष्काशन गर्ने

images
  • 184
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    ‘म्यूजिक नेपाल’ले आईपीओ निष्काशन गर्ने
    images

    काठमाडाैं  । 

    ‘म्यूजिक नेपाल’ले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आईपीओ निस्काशन गर्न लागेको जानकारी दिएको हो। विज्ञप्तिमा भनिएअनुसार आईपीओ निष्काशनका लागि कम्पनीले एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग सम्झौता गरेको छ।

    muscinepal1660121141_20220810143525.png

    उक्त कम्पनीसँग म्युजिक नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता गरेको विज्ञप्तिमा बताइएको छ। ‘नेपाली सङ्गीत उत्पादन र प्रकाशनमा झन्डै चारदशक लामो यात्रा गरिरहेको यही म्यूजिक नेपाल अब प्रालिबाट लिमिटेड कम्पनीमा परिणत भएको छ’, विज्ञप्तिमा भनिएको छ। 

     

    ‘अब म्यूजिक नेपालले आईपीओ निष्काशन गर्ने सम्बन्धमा एनआईसी एसिया क्यापिटलको ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत म्यूजिक नेपाल लिमिटेडले साधारण सेयरको सार्वजनिक निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न गरेको छ’, विज्ञप्तिमा उल्लेख छ। आईपीओ निष्काशनसँगै म्यूजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सङ्गीतक्षेत्रको पहिलो कम्पनी बन्ने छ। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend