अनिल परियारको हत्यामा संलग्न दुईजना जेल चलान

images
  • 53
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    अनिल परियारको हत्यामा संलग्न दुईजना जेल चलान
    images

    चितवन

    भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियार (कान)को हत्यामा संलग्न मध्य तीन जनाको  थुनछेक आदेश भएको छ ।अदालतमा साउन २० गते शुक्रबार मुद्दा दर्ता भएको थियो ।  न्यायाधीश रितेन्द्र थापाको इजलासले कानको हत्यामा आरोपमा पक्राउ परेका ३  जना मध्य २ जनालाई थुनामा पठाएको छ भने १ जनालाई २० हजार धरौटीमा छाडेको छ ।

    ggggggggggggg.png

     

    भरतपुर महानगरपालिका वडा नं–१५ बस्ने वर्ष ३५ को विश्व भन्ने हेमन्त बास्तोला, भरतपुर महानगरपालिका वडा नं–१२ बस्ने वर्ष २३ को राहुल परियार भन्ने सुनिल रावल लाई पुरपक्षका लागि थुनामा पठाएको छ ।

     

    त्यस्तै माडी नगरपालिका घर भई हाल भरतपुर–१५ मा डेरा गरी बस्ने वर्ष २५ को रोहित प्रसाद सिलवाललाई २० हजार धरौटीमा छाडिएको छ ।हत्यामा एक जना अजय सिंह भन्ने अशोक भण्डारी, तिलक गैरे र सुशान्त उप्रेती अझै फरार रहेको चितवन जिल्ला अदालतका श्रेष्तेदार ईश्वर आचार्यले बताए ।

     

    फरारको हकमा म्याद जारी गर्ने र म्याद भित्र अदालतको सम्पर्कमा नआए बाकी प्रक्रिया अगाडी बढाईने उनको भनाई छ ।भरतपुर–१२ का अनिल परियार (कान)को हत्या सम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरीको बागमती प्रदेशबाट पनि एउटा टोली खटिएको थियो । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदान नजिकै वैशाख २५ गते राति ७ः३० बजेको समयमा परियारलाई हतियार प्रयोग गरी हत्या भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend