चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल, बच्चाको कपडा पनि बेचेपछि 'सिल'

images
  • 190
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल, बच्चाको कपडा पनि बेचेपछि 'सिल'
    images

    ललितपुर 

    जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारीलगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको टोलीले आज बुधवार चस्मा पसलको नाम राखेर जुत्ता–चप्पल एवम् बच्चाको कपडा आदिसमेत बिक्री गरेको पाएसँगै सिल गरेको हो । 

    dddddddddddddddddddddd.jpg

    ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भन्नुभयो, ‘नाम एउटा काम अर्को गर्ने भएसँगै कारबाही गरियो ।’ त्यो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ । 

    यसैगरी अनुगमन टोलीले आजै पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि २० हजार रुपैयाँ जरिबाना गराएको छ । त्यो गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही, दुनोट र स्यान्डबिचमा उत्पादनका साथै सकिने म्यादसमेत उल्लेख नभएका कारण त्यो मूल्य बराबरको रकम तिराएको पन्तले सुनाउनुभयो ।  ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो मङ्गलवार जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend