बिहीबार घट्यो सुनचाँदीको मूल्य

images
  • 55
    SHARES
  • श्रावण २६, २०७९ बिहीबार
    बिहीबार घट्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं

    साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    ffgrty56.jpg

     

    बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ। 

     

    यसअघि बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ। बुधबार भने तोलामा १० रुपैयाँ घटेर चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा किनबेच भएको थियो। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend