प्रचण्ड, नारायणकाजी र बाबुराम बिच भेटवार्ता

images
  • 83
    SHARES
  • श्रावण २६, २०७९ बिहीबार
    प्रचण्ड, नारायणकाजी र बाबुराम बिच भेटवार्ता
    images

    काठमाडौं

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। 

    babur.jpg

     

    माओवादी अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा भएको भेट एक घन्टासम्म चलेको थियो। बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो। बाबुराम भट्टराई निकट स्रोतले चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बतायो। 

     

    ‘प्रचण्डजीसँग डा. सापको भेट भएको हो,’ स्रोतले भन्यो, ‘एक घन्टा चलेको भेटमा एकता, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल भयो, फेरि समय मिलाएर बस्ने कुरा भएको छ।’

     

    नेसपालाई गठबन्धनमा सामेल गराउने, प्रतिनिसिधभामा डा. बाबुराम भट्टराईको सुनिश्चितताको खोजी गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ। प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर फर्केलगत्तै यी ३ नेताबीच भेटवार्ता भएको हो। 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend