नेकपा एमाले देवघाट गाउँ कमिटीको छैटौँ बैठक सम्पन्न

images
  • 195
    SHARES
  • श्रावण २६, २०७९ बिहीबार
    नेकपा एमाले देवघाट गाउँ कमिटीको छैटौँ बैठक सम्पन्न
    images

    देवघाट तनहुँ : साउन २६

    देवघाट नेकपा एमाले देवघाट गाउँ कमिटीको छैटौँ बैठक सम्पन्न भएको छ ।

    ggggggggggggggggggggg.jpg

    आज नेकपा एमाले देवघाट गाउँ कमिटीको आयोजनामा भएको सो बैठक देवघाट ५ क्युदीमा रहेको मधुवन सामुदायिक वनमा भएको थियोे । सो बैठकमा दुईवटा निर्णय गरिएको नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

    bbbbnm.jpg

    न्यौपानेले भाद्र २ गते गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने जुन प्रशिक्षण कार्यक्रममा गाउँकमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, वर्गीय संगठनका पदाधिकारीहरू र पालिका स्तरीय जनप्रतिनिधिहरूको सहभागीता रहने गरी प्रशिक्षण कार्यक्रम हुने बताए । त्यस्तै भाद्र ५,६ र ७ गते पाँचैवटा वडा कमिटीको बैठक सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

    sacmxncbv65.jpg

    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य एवं देवघाट गाउँ कमिटीको इन्चार्ज इन्द्रमान परियारले बैठकमा स्थानीय चुनावको समिक्षा,भावि संगठन निर्माण, विस्तार र आगमि संघ र प्रदेश चुनाव केन्द्रीत विषयमा छलफल गरिएको जानकारी दिनुभयो ।

    vbfghty.jpg

    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हरिराज कडेल, सचिब राजेस्वर ढकाल, जिल्ला कमिटीका उपसचिब प्रदिप अधिकारी, जिल्ला कमिटी सदस्य शिबराज पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य एवं देवघाट गाउँपालिका कमिटी सह- इन्चार्ज बाबुराम अधिकारी, जिल्ला कमिटी सदस्य ठाकुर कुमारी काफ्ले, जिल्ला कमिटी सल्लाकार परिसदका सदस्य यल बहादुर गुरुङ्ग र बुद्धिजीवी परिसद्का अध्यक्ष डा. सुरेन्द्र प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे ।

    aswe3.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend