घट्यो जनकपुर भन्सारको राजस्व सङ्कलन

images
  • 187
    SHARES
  • श्रावण २७, २०७९ शुक्रबार
    घट्यो जनकपुर भन्सारको राजस्व सङ्कलन
    images

    जनकपुर 

    जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८ र७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८ र७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।

    money-nepali.jpg

     

    जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८ र७९ मा भन्सार महसुलतर्फ रु १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ रु ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ रु सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । 

    आव २०७७ र७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । आव २०७७ र७८ मा रु ५३ करोड ५१ हजार ५७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४४ करोड ५९ लाख ७१ हजार सङ्कलन भएको थियो । भन्सार कार्यालयका अनुसार आव २०७७ र७८ मा  भन्सार महसुलतर्फ रु २१ करोड ७७ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु २२ करोड ३३ लाख ८ हजार,  अन्तःशुल्कतर्फ रु ३० लाख ६२ हजार र सडक निकासी दस्तुरतर्फ रु १८ लाख १८ हजार राजस्व सङ्कलन भएको थियो । 

    थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए ।

    जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन् । जटही, इनर्वा र अररियास्थित छोटी भन्सार मात्र सञ्चालनमा छन् । खजुरी, महुवा र महिनाथपुरस्थित छोटी भन्सार कार्यालय हाल बन्द रहेको कार्यालयले जनाएको छ । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend