कोरोना अपडेट : थप ७८१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

images
  • 44
    SHARES
  • श्रावण २७, २०७९ शुक्रबार
    कोरोना अपडेट : थप ७८१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु
    images

    काठमाडौं 

    नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ggggghfrtyu.png


    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४१९ तथा एन्टिजेन विधिबाट ३६२ जनामा गरी ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । 


    पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend