राष्ट्रपतिले लगाइन् रक्षाबन्धन र राखी

images
  • 35
    SHARES
  • श्रावण २७, २०७९ शुक्रबार
    राष्ट्रपतिले लगाइन् रक्षाबन्धन र राखी
    images

    काठमाडौँ 

    राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गरेकी छन्। राष्ट्रपति भवन महाराजगञ्जमा उनले शुक्रबार पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गरेकी हुन्।

    rastya.jfif

     

    उनले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद ग्रहण गरिन्।श्रावणी कर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षाबन्धन गर्ने परम्परा रहेबमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ ।

     

    राष्ट्रपति भण्डारीले शुक्रबार नै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदिदीबाट पवित्रताको सूचक राखीसमेत ग्रहण गरिन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend