चितवन:साउन २७ गते
मगर पत्रकार संघ चितवनका उपाध्यक्ष आशिका थापा सहित दुई जना पत्रकारलाई सम्मान भएको छ ।

आज शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले २३ औं स्थापना दिवसको अवसरमा कालिका एफएमका संचारकर्मी एवं नेपाल मगर पत्रकार संघ चितवनका उपाध्यक्ष आशिका थापामगर र (फोनिज)संस्थाका निवर्तमान अध्यक्ष सन्दिप कुमार श्रेष्ठ सम्मान गरेको हो ।

श्रेष्ठलाई संस्थाको निवर्तमान र संस्थाप्रति पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ भने थापालाई विगत दुई दशक लामो समयदेखि संचार क्षेत्रमा रहेर कर्म गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसाा गर्दै सम्मानित गरिएको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दानबहादुर गुरुङ र फोनिजका अध्यक्ष रमेश मगरले संयुक्त रुपमा सम्मान गरेका हुन् । सो सम्मान नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को सभाहलमा गरिएको थियो ।




