दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने

images
  • 100
    SHARES
  • श्रावण २८, २०७९ शनिबार
    दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने
    images

    काठमाडौं

    बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो ।

    vvn.jpg

     

    आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग खेल्दैछ । शनिबार राति मात्रै दर्ता हुने खेलाडीमा फ्रान्क किसे, आन्द्रेस क्रिस्टियनसन, रोबर्ट लेवान्डोस्की र राफिन्हा छन् ।

     

    यद्यपि, बार्सिलोनाले यसै सरुवा बजारमा भित्र्याएका डिफेन्डर जुलेस कोन्डे भने अझै दर्ता भएका छैनन् । यसअघि बार्सिलोनासँगको सम्झौता नवीकरण गरेका ओसुमाने डेम्बेले र सर्जी रोबर्टो पनि दर्ता हुन सकेका थिएनन् ।यद्यपि, यी खेलाडी पनि शनिबार राति दर्ता भइसकेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend