बिहारमा विशालु रक्सी सेवनबाट ६ जनाको मृत्यु

images
  • 58
    SHARES
  • श्रावण २८, २०७९ शनिबार
    बिहारमा विशालु रक्सी सेवनबाट ६ जनाको मृत्यु
    images

    एजेन्सी

    भारतको बिहार राज्यको सारण जिल्लामा प्रतिबन्धका बाबजुद विशालु रक्सी सेवन गर्दा ६ जनाको मृत्यु भएको छ ।

    vcsd.jpg

     

    पछिल्लो तीनमा विशालु रक्सी सेवनका कारण उनीहरूको मृत्यु भएको हो । गत हप्ता सोही जिल्लामा विशालु रक्सी सेवनका कारण ११ जनाको मृत्यु भएको थियो भने थुप्रै बिरामी परेका थिए ।

     

    स्थानीयले विशालु रक्सी सेवनका कारण मृत्यु भएको दाबी गरे पनि पोष्टमार्टमपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ ।रक्सी व्यापार गर्ने गिरोहलाई पक्राउ गर्ने अभियान सुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

     

    गत वर्ष नोभेम्वरदेखि हालसम्म विशालु रक्सी सेवनका कारण बिहारमा मात्र ६० जनाको मृत्यु भइसकेको छ ।

     
       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend