प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

images
  • 40
    SHARES
  • श्रावण २९, २०७९ आइतबार
    प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
    images

    काठमाडौं

    संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    ppppiiii.jpg

     

    यस्तै उनले ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

     

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले आजकै बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ को दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

     

    यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयकक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

     

    राष्ट्रिय सभाको सन्देश सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभाको सन्देश सहितको “स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

     

    यस्तै मन्त्री वडुले राष्ट्रिय सभाको सन्देश सहितको ‘प्रत्यायन विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव  प्रस्तुत गर्ने सूची छ। बैठक ११ बजे बस्नेछ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend