लागुऔषधसहित तीन युवक पक्राउ

images
  • 45
    SHARES
  • श्रावण २९, २०७९ आइतबार
    लागुऔषधसहित तीन युवक पक्राउ
    images

    काठमाडौं

    प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । 

    ggghjds.jpg

     

    लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका–९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

     

    पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर–९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

     

    साथै उनीहरूको साथबाट तीन सय ८० मिलीग्राम अवैध ब्राउनसुगर बरामद गरिएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend