अध्यक्ष ओलीको बोली : ‘म संग उपचार गराउने पैसा पनि छैन्’

images
  • 48
    SHARES
  • श्रावण २९, २०७९ आइतबार
    अध्यक्ष ओलीको बोली : ‘म संग उपचार गराउने पैसा पनि छैन्’
    images

    काठमाडौं

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् ।

    qwe3.jpg

     

    राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनो र श्रीमतीको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा  गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च  समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए ।

     

    ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन । ’

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend