महङ्गी र भ्रष्टाचारको बिरोधमा अखिल नेपाल महिला संघको बिरोध र्‍याली

images
  • 280
    SHARES
  • श्रावण २९, २०७९ आइतबार
    महङ्गी र भ्रष्टाचारको बिरोधमा अखिल नेपाल महिला संघको बिरोध र्‍याली
    images

    साउन २९ गते करिस्मा गुरुङ

    देवघाट तनहुँ," अति बढ्दो महङ्गी र भ्रष्टाचार जनताको होइन, माफियाको हो " भन्ने मुल नारा सहित महङ्गी र भ्रष्टाचारको विरोधमा नेकपा एमालेमा आबद्ध मोर्चा गठबन्धनले आज आइतबार तनहुँको देवघाट टाउन चोक देखी गाउँपालिका हुँदै बगाले चोक सम्म विरोध र्‍याली प्रदर्शन गरि कोणसभा गरेको थियो।

    bbbbbn.jpg

    बढ्दो महंगी,भ्रष्टाचार,नागरिक विधेयकका साथै देवघाट गाउँपालिकामा कार्यरत कर्मचारीहरू माथि राजनीतिक पुर्वाग्रह राखि खाइपाइ आएको जागिरबाट हटाइ भन्दै सोही विरूद्वमा विरोध प्रदर्शन गरिएको अखिल नेपाल महिला संघका अध्यक्ष सावित्री न्यौपानेले बताए । तनहुँका दश वटै स्थानिय तहमा आज देशमा अत्याधिक रूपमा बढेको महङ्गी विरूद्व,फस्टाइरहेको भ्रष्टाचार विरूद्व र विदेशी सामु लम्पसार परेर घुडा टेकेर जुन एउटा नागरिक विधेयक लिएर आएको छ त्यसको विरोधको विरूद्वमा आज देशव्यापी रूपमा नेकपा एमाले र त्यसका भतृ संगठनहरू लागि परेको नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपानेले जानकारी दिए ।

    nnn.jpg

    न्यौपानेले महङ्गीले आकाश छोएको छ, सामान्य नागरिकका चुलोमा आगो बोल्ने अवस्थाको अन्त्य भएको छ, नागरिक विधेयकमा आज कुनै पनि मुलुकमा बिहे गरेको भोलिपल्टै नागरिकता दिने प्रावधान छैन १०/१५ वर्षपछि मात्रै एउटा प्रकृया पुर्‍याएर मात्रै दिइन्थ्यो, तथापि क्रान्तिको नायक हुँ भन्ने जनतालाई झुक्याएर क्रान्ति गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाहालले भारतको भ्रमणको भोलिपल्ट यो देशको नागरिक विधेयक पास गरेको छ, त्यसको विरूद्वमा ३ करोड जनताले विरोध गर्न आवश्यक छ र देवघाटवासीलाई पनि त्यसको विरूद्वमा आवाज उठाउन नेकपा एमाले देवघाटका अध्यक्षले अनुरोध गरे ।

    bbb.jpg

    अहिले देवघाट गाउँपालिकाले सामान्य सहयोगी भुमिका कार्यलयमा आएर काम गर्दै आएका कर्मचारीहरू माथि राजनीति कारण बाट हटाइएको हो भने भोलि नै फिर्ता गर्नु पर्ने समेत न्यौपानेले बताए । यदि यि प्रक्रियाहरु अगाडी नबढेको खण्डमा फेरि क्रमबद्ध तरिकाले यसका विरूद्वमा ठुलै मुल्य चुकाउन बाध्य हुने गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, कार्यपालिका र प्रशासकीय अधिकृतलाई समेत कडा चुनौती दिएका छन् देवघाट नेकपा अध्यक्ष न्यौपानेले। कोणसभामा नेकपा तनहुँ जिल्ला कमिटी सदस्य शिवराज पौडेलले आज देशका जल्दाबल्दा समस्याको विरूद्वमा विरोध र्याली प्रदर्शन गरेको बताउदै । उनले (गठवन्धन) ठग बन्धनले जनतालाई समस्या परेको बेला राहत हैन ह्यास पुर्‍याउदै आएको छ भने ।

    vvvvvvvvvvvvvvvvvv.jpg

    नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य एवं देवघाटको सह- इन्चार्ज बाबुराम अधिकारी, नेकपा तनहुँ जिल्ला सदस्य ठाकुर कुमारी काफ्ले, नेकपा एमाले तनहुँ जिल्ला परिसदको सल्लाहकार सदस्य याल बहादुर गुरूङ, नेकपा एमाले देवघाट गाउँ कमिटीका सचिव भिम बहादुर गुरूङ, नेकपा एमाले देवघाट गाउँ कमिटीका उपाध्यक्ष भोजराज नैनावस्ती लगाएत उपस्थिति रहेको थियोे भने बिरोध प्रदर्शन वडा ५ को टाउन चोकबाट सुरू भई गाउँपालिका हुँदै बगाले चोकमा पुगी कोणसभा गरी कार्यक्रम समापन भएको थियोे ।

    ppp.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend