विष्णुमति पुलबाट हाम फाले एक युवक

images
  • 139
    SHARES
  • श्रावण ३०, २०७९ सोमबार
    विष्णुमति पुलबाट हाम फाले एक युवक
    images

    काठमाडौं 

     काठमाडौंको बालाजुस्थित विष्णुमति पुलबाट एक युवक हाम फालेका छन् । 

    Death_ODb9GUwRk3_20220320115349.jpg

     

    आइतवार साँझ साढे ७ बजेको समयमा करीब ४०र४५ वर्षका ती युवक खोलामा हाम फालेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए । 

    एसपी मैनालीका अनुसार ती युवकको तत्कालै प्रहरीको टोलीले उद्दार गरेको छ ।  नाम नखुलेका ती युवकको अहिले वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    युवकको अवस्था बोल्न नसक्ने रहेको र बाहिरी चोट केही पनि नभएको प्रहरीको भनाइ छ ।  प्रहरीका अनुसार ती युवकले खोलामा हाम फाल्नुको कारण खुलेको छैन । 
    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend