सुर्खेत वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

images
  • 127
    SHARES
  • श्रावण ३०, २०७९ सोमबार
    सुर्खेत वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
    images

    काठमाण्डाै 

    सुर्खेत वीरेन्द्रनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

    arrested__6s5kl1zvrd_2g7R3wtpMo.jpg

    कर्णाली प्रदेश प्रहरी लागुऔषध ब्युरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ बाट लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो ।

    उनीहरुको साथबाट ४७ ग्राम ६ सय २० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको उहाँले बताउनुभयो । यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ बाट भीमबहादुर रोकाया र जीवनकली थापा घिमिरेलाई सात पुरिया लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend