सुनको मूल्य ४ सय रुपैयाँ घट्यो

images
  • 136
    SHARES
  • श्रावण ३०, २०७९ सोमबार
    सुनको मूल्य ४ सय रुपैयाँ घट्यो
    images

     काठमाडौं 

    सुनको मूल्य सोमवार प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतवार उक्त सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    gold-silver_20211209111125.jpg

    तेजाबी सुनको मूल्य सोमवार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त सुन आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ गिरावट आएको छ । आइतवार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार १ हजार २३५ रुपैयाँ कायम गरिएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend