सत्तारूढ दलकै नेताहरुले फोहोर फाल्न अवरोध गरेको भन्दै मेयर बालेन साह आक्रोशित

images
  • 43
    SHARES
  • श्रावण ३१, २०७९ मंगलबार
    सत्तारूढ दलकै नेताहरुले फोहोर फाल्न अवरोध गरेको भन्दै मेयर बालेन साह आक्रोशित
    images

    काठमाडौं ।
    काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सोमबार पनि सोचेअनुसार बन्चरेडाँडामा फोहोर पुर्याउन नसकिएको र सत्तारूढ दलका नेताकै कारण ‘समस्या उत्पन्न भएको’ औंल्याएका छन् ।

    kkkkkkk.jpg

    महानगरपालिकाले सोमबार २ सयभन्दा बढी ट्रकबाट फोहोर फाल्ने योजना बनाएको थियो । तर, सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताले ‘असहयोग गरेकाले फोहोर फाल्ने काम सहज नभएको’ जनाइएको छ ।सत्तारूढ दलबाटै असहयोग भएपछि प्रमुख साहले आक्रोश व्यक्त गर्दै ‘राज्य संयन्त्र निरीह बनेको’ आरोप लगाएका छन् । समाजिक सञ्जाल फेसबकुमा स्टाटस लेख्दै साहले ‘फोहोर व्यवस्थनमा सिंगो राज्य संरचना निरीह बनेको’ टिप्पणी गरेका हुन् ।

    बन्चरेडाँडमा ५ अर्बभन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा समेत फोहोर लैजान ‘माथापच्ची’ गर्नुपरेकोमा उनले असन्तुष्टि र आक्रोश पोखेका छन्। ‘२ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ?’ शाहले प्रश्न गरेका छन् ।

    केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध खडा गर्ने प्रयास गरिएको बताउँदै साहले सोमबार २ सय ३ वटा मात्र फोहोरका गाडी बन्चरेडाँडा लैजान सकिएको अवगत गराएका छन् । उनले राज्य संयन्त्रमाथि गम्भीर प्रश्नसमेत तेस्र्याएका छन् ।

    ‘केही दिनबाट देखिरहेको समस्या सतही मात्रै भएको’ बताउँदै उनले ‘यसको गहिरो र अलग्गै कारण रहेको’ औंल्याएका छन् ।

    साहले ‘बन्चरेडाँडामा राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाए पनि अहिले आएर फोहोर लैजान यतिका माथापच्ची किन?’ भन्दै गम्भीर प्रश्न गरेका छन् ।
    राजधानी दैनिकबाट

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend